कभानीले जोगाए पिएसजीको अपराजित यात्रा, नेइमारलाई रेड कार्ड | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

एजेन्सी, ६ असोज । फ्रेन्च लिग वान अन्तर्गत हिजो भएको पेरिस सेन्ट जर्मेन (पिएसजी) र मार्से बिचको खेल बराबरीमा टुगिंएको छ । खेल २-२ को बराबरीमा टुगिंएको हो ।

विश्वका महँगा खेलाडी नेइमारले रातो कार्ड सामना गरेको खेलमा पिएसजीका लागी एडिनसन कभानीले इन्जुरी टाइममा बराबरी गोल फर्काएका थिए।

पहिलो हाफको १६औँ मिनेटमा लुइस गुस्ताभोले गोल गर्दै मार्सेलाई अग्रता दिलाएका थिए। जवाफ स्वरुप ३३औँ मिनेटमा नेमारले गोल गर्दै खेल बराबरी गरे।

दोस्रो हाफको ७८औँ मिनेटमा फ्लोरिएन थाउभिनले गोल गर्दै मार्सेलाई फेरी अग्रता दिलाए। खेलको ८७औँ मिनेटमा नेमार दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि पिएसजी दश खेलाडीमा झरेको थियो।

निर्धारित समयसम्म २-१ ले पछि परेका पएसजीको हार टार्न कभानीले इन्जुरी टाइमको तेस्रो मिनेटमा बराबरी गोल फर्काए।

सिजनमा दोस्रो बराबरी खेलेको पिएसजी १० खेलबाट २६ अंकका साथ शीर्ष स्थानमा कायमै छ। समान खेलबाट २२ अंक जोडेको मोनाको दोस्रो स्थानमा छ। यता मेङ्गपिस डिपाएको ह्याट्रिक मद्दतमा लियोन ट्रोएसलाई ५-० ले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ।