एभरेस्ट प्रिमिएर लिगलाई टिभीएसले प्रायोजन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, ९ कार्तिक । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको दोस्रो संस्करणलाई टीभीएस कम्पनीले मुख्य प्रायोजन गर्ने भएको छ।

टीभीएसको नेपालस्थित आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्स प्रालि र ईपीएलबीच मंगलबार यससम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा जगदम्बा मोटर्सका तर्फबाट प्रबन्ध निर्देशक साहिल अग्रवाल र ईपीएलको तर्फबाट प्रबन्ध निर्देशक आमिर अख्तरले हस्ताक्षर गरी सम्झौता पत्र साटासाट गरेका हुन्।

दुवै पक्षले मुख्य प्रायोजनको रकम भने सार्वजनिक गरेका छैनन् । यद्यपि मुख्य प्रायोजक बनेबापत जगदम्बा मोटर्सले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा टीभीएस मोटरसाइकल पुरस्कार स्वरुप प्रदान गर्नेछ भने प्रतियोगिताको पहिलो हुने टोलीलाईख २१ लाख समेत प्रदान गर्नेछ।

यसैगरी केही प्रचारात्मक सामग्रीमा पनि टीभीएसले आर्थिक सहयोग गर्ने सम्झौता भएको बताइएको छ। सम्झौतामा तय भए अनुसार प्रतियोगिताको नाम पनि टीभीएस ईपीएल हुनेछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);