महिला टी–२० स्मास क्रिकेटमा नेपालको जीत, मलेसिया पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

महिला टी–२० स्मास क्रिकेटमा नेपालको जीत, मलेसिया पराजित

nepali mahila

काठमाडौं, २९ पुस । महिला टी–२० स्मास क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

थाईल्याण्डमा आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो । रोमा थापाले २० र सीता राना मगरले १६ रन बनाउँदा ममता चौधरी ९ रनमा अविजित रहिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर ६१ रन बनाएको थियो । सरिता मगरले ४ विकेट लिएकी थिइन् । शनिबारबाट थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);