महिला टी–२० स्मास क्रिकेट : नेपालद्वारा चीन १० विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

महिला टी–२० स्मास क्रिकेट : नेपालद्वारा चीन १० विकेटले पराजित

nepal vschina

काठमाडौं, २८ पुस । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । आज भएको खेलमा नेपालले चीनलाई १० विकेटले हराएको हो ।

थाइल्याण्ड क्रिकेट एसोसियसनको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चीनले २० ओभरमा ६ विकेट गुमाउदा मात्र ४८ रन बनाउन सक्यो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुनसकिन ।

नेपालको कसिलो बलिङ सामु कमजोर देखिएको चीनले १४ रनमा पहिलो विकेट गुमाएको थियो भने ३३ रनमा ५ विकेट खेर फालेको थियो । उसकी ओपनर झाङ चानले सर्वा्धिक १३ रन बनाइन । त्यसपछि वाङले ८, झाङ यानलिङ र ली हायुइले सात सात रन बनाए ।

बलिङमा करुणा भण्डारीले तीन तथा नेरी थापाले दुई विकेट लिइन ।

जवाफमा नेपालले आठ ओभर चार बलमा विना विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । नेपालको जितमा ओपनरद्धय सिता रानामगरले २४ र काजल श्रेष्ठले १४ रन बनाइन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);