इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा ब्राइटन १–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा ब्राइटन १–० गोल अन्तरले पराजित

liverpool

काठमाडौं, २९ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले तालिकामा ७ अंकको अग्रता बनाएको छ ।

शनिवार राती १३ औं स्थानको ब्राइटनविरुद्ध १–० को जित निकाल्दै लिभरपुलले तालिकमा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी ७ पुराएको हो । पहिलो हाफ गोल रहित बराबरी खेलेको लिभरपुलले एक मात्र निर्णायक गोल दोस्रो हाफमा गरेको थियो । मोहमद सलाहले ५० औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । पेनाल्टी एरियामा मिडफिल्डर पस्कल ग्रसले सलाहलाई फर गरेपछि लिभरपुलले पेनाल्टी पाएको हो । शनिवार रातिनै भएको अर्को खेलमा १५ औं स्थानको बर्नलेले रेलिगेशन जोनको फुलह्याममाथि २–१ गोलको जित निकालेको थियो ।

फुलह्यामका लागि एन्ड्यू स्योरलेले गोल गरेका थिए । बर्नलेले दुई गोलनै उपहार पाएको थियो । २० औं मिनेटमा जोय ब्रोएनले आत्माघाति गोल गरेपछि बर्नलेले खेल बराबरीमा ल्याएको थियो । त्यसको ३ मिनेट पछिनै फुलह्यामका डेनिस ओडवेले अर्को आत्माघाति गोल गरेपछि बर्नले २–१ को अग्रता बनायको थियो । उता कार्डिफ र हडल्सफिल्ड गोलरहित बराबरीमा रोकिँदा वाटफोर्डले क्रिष्टलमाथि २–१ को जित निकालेको छ । त्यस्तै साउथ ह्याम्पटनले लेस्टर सिटिमाथि पनि २–१ को जित निकाल्न सफल भयको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);