युएईले नेपाललाई दियो १०८ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

युएईले नेपाललाई दियो १०८ रनको लक्ष्य

nepalvsuae-2nd t20

काठमाडौं, १७ माघ । नेपाल युएईसँग टी-२० सिरिजको दोस्रो खेल खेलिरहेको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर व्याटिङ रोजेको युएईले निर्धारित २० ओभरको खेलमा १९.२ अाेभरमा सबै विकेट गुमाउँदै १०७ रनमा अलआउट भएको छ ।

नेपालको तर्फबाट बलिङमा अनिवास बोहराले सर्वाधिक ३ विकेट लिए । यसैगरी सोमपाल कामी, सन्दिप लामिछाने, करन केसीले समान २/२ विकेट लिएका छन् ।

नेपालले अहिले जवाफी व्याटिङ गर्दैछ । यसैबीच हिजो भएको टी-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);