नेपाललाई युएईले दियो १७२ रनको चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपाललाई युएईले दियो १७२ रनको चुनौती

nepal-Vs-UAE-Cricket

काठमाडाैं, १५ फागुन । विश्वकप क्रिकेटको छनोट अभ्यास खेलमा नेपालले संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गरिरहेको छ । पहिलो अभ्यास खेलमा टस जितेर ब्याटिङ गरेको युएईले २८ दशमलव ५ ओभरमा १० विकेट गुमाउँदै १ सय ७१ रन बनाएको छ ।

१ सय ७२ रनको लक्ष्य सहित अहिले नेपालले जवाफी व्याटिङ गरिरहेको छ । नेपालले प्रतियोगितमा मध्यम प्रदर्शन गरिरहको छ । जिम्बावेमा वर्षा भएपछि खेल २९ ओभरमा छोट्याईएको हो ।

गत साता नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा युएई विजेता र नेपाल उपविजेता बनेको थियो । दुई साताको फरकमा नेपाल र युएईबीच तेस्रो खेल भएको हो ।

नामिबियामा भएको डिभिजन २ को खेलमा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले पराजित गरेको थियो भने फाइनलमा नेपाल ७ रनले पराजित भएको थियो ।

जिम्बाबेमा मार्च ४ देखि हुने छनोट प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन । जसमा उत्कृस्ट हुने २ टिम बिश्वकप खेल्न पाउनेछन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);