नेपालीले आज युएईसँग अभ्यास खेल खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

नेपालीले आज युएईसँग अभ्यास खेल खेल्ने

काठमाडौं, १५ फागुन । आइसीसी विश्व कप छनोटका लागि जिम्बावेमा रहेको नेपाली टोलीले आज युएईसँग अभ्यास खेल खेल्दै छ । नेपाली समय अनुसार दिउँसो सवा १ बजेबाट खेल सुरु हुनेछ ।

गत साता नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा युएई विजेता र नेपाल उपविजेता बनेको थियो । दुई साताको फरकमा नेपाल र युएईबीच तेस्रो खेल हुँदै छ । नामिबियामा भएको डिभिजन २ को खेलमा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले पराजित गरेको थियो भने फाइनलमा नेपाल ७ रनले पराजित भएको थियो ।

जिम्बाबेमा मार्च ४ देखि हुने छनोट प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन । जसमा उत्कृस्ट हुने २ टिम बिश्वकप खेल्न पाउनेछन । प्रतियोगिताबाट उत्कृस्ट तीन एसोसिएट रास्ट्रले एकदिवसीय मान्यता पाउनेछ । नेपाल समूह ‘बी’ मा अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै रहेको छ । नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोलि जिम्बावे विरुद्ध खेल्दै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);