आईसीसी विश्वकप छनोटअन्र्तगत नेपालले आज आफ्नो तेस्रो खेल अफगानिस्तानसँग खेल्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८०, शुक्रबार

काठमाडौं, २६ फागुन । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल जिम्बावेको बुलावायो मैदानमा दिउँसो सवा एक बजे सुरु हुनेछ । नेपालले यो मैदानमा पहिलोपटक खेल्न लागेको हो । अफगानिस्तानले भने बुलावायो मैदानमा हङकङ र स्कटल्याण्डसँग पराजय व्यहोरेको थियो । जारी विश्वकप छनोट प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवैले अहिलेसम्म एउटै खेलमा जित हात पारेका छैनन् ।

नेपालले आयोजक जिम्बाब्वे र स्कटल्याण्डसँग पराजय व्यहोरेकामा अफगानिस्तानले तीन खेल हारिसकेको छ । नेपाल र अफगानिस्तान दुवैलाई सुपर सिक्समा पुग्ने आशा जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब छ । नेपालका लागि अफगानिस्तान पुरानै प्रतिद्वन्दी हो ।