आज नेपाल र वेस्टइण्डिज भिँड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

आज नेपाल र वेस्टइण्डिज भिँड्दै

काठमाडौं, ७ असार । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज वेस्टइण्डिजको सामना गर्दैछ ।

वेस्टइण्डिज र नेपालबीचको खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस क्लवमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा शुरु हुनेछ ।

तेस्रो खेल खेल्दै गरेको नेपाल वेस्टइण्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न चाहन्छ ।

पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो ।

दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो नै पहिलो भेट हो । नेपालले कुनैपनि विश्व बिजेतासँग पहिलो पटक खेल्ने अवसर पाएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);