साफ च्याम्पियनसिपः पहिलो खेलमा नेपालको हार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

साफ च्याम्पियनसिपः पहिलो खेलमा नेपालको हार

काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको हो । पहिलो पटक साफ खेलिरहेको कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक गोल गरे । नेपालका अन्जन विष्टले एक गोल फर्काए । अन्जनको यो नेपालका लागि १२ औं अन्तराष्ट्रिय गोल हो ।

योसँगै साविक उपविजेता नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । समूह ’ए’ मा रहेको कुवेतले भने पहिलो खेलमै ३ अंक जोडेको छ । यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ । यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्सले सहभागिता जनाउने छन् । यस संस्करणमा कुवेत र लेबनान आमन्त्रित टोलीको रुपमा रहेका छन् । अब नेपालले दोस्रो खेलमा शनिबार आयोजक भारतसँग खेल्नेछ । यस्तै तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);