विश्वकप छनोट : नेपाल स्कटल्याण्डसँग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्वकप छनोट : नेपाल स्कटल्याण्डसँग भिड्दै

काठमाडौं, २४ फागुन । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले आफ्नो दोस्रो खेलमा आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।  खेल जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस् क्लबको मैदानमा दिउँसो सवा एक बजे सुरु हुनेछ ।

नेपालले चार वर्षको अन्तरालमा स्कटल्याण्डसँग तीन वटा खेल खेलेकामा सबै खेलमा स्कटल्याण्ड विजयी भएको थियो । सन् २०१४ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत भएका दुई खेलमध्ये नेपाल एक खेलमा तीन रनले र अर्को खेलमा नौ विकेटले पराजित भएको थियो ।

स्कटल्याण्डले जारी विश्वकप छनौटमा दुई खेलमा जीत हात हात पारेर आफूलाई बलियो टिमको रुपमा उभ्याएको छ । गत संस्करणको छनोटको विजेता स्कटल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले पराजित गरेकामा नेपालले भने आयोजक जिम्बाब्वेसँग १ सय १६ रनको हार व्यहोरेको थियो । बलिङ र ब्याटिङ दुवैमा बलियो रहेको स्कटल्याण्डलाई पराजित गर्नु नेपालका लागि निकै चुनौतिपूर्ण देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);