विश्व क्रिकेटका स्तरीय टोलीसँग प्रतिष्पर्धा गर्न नेपालका लागि सहज छैन ! | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

विश्व क्रिकेटका स्तरीय टोलीसँग प्रतिष्पर्धा गर्न नेपालका लागि सहज छैन !

काठमाडौं, २१ कात्तिक । आगामी आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोली केही समय आरामपछि मैदानमा फर्किनेछ । आगामी ट्वान्टी–२० विश्वकप वेस्ट इण्डिज र अमेरिकामा सन् २०२४ को जुन ४ देखि शुरु हुने तय छ । यो आयोजना आउन करिव सात महिनाको समय बाँकी छ । यस अविधिमा नेपाल दोस्रोपटक यो फरम्याटको विश्वकपमा छनोटलाई विशेष बनाउने लक्ष्यका साथ तयारीमा जुट्नेछ । विश्व क्रिकेटका स्तरीय टोलीसँग प्रतिष्पर्धा गर्न नेपालका लागि सहज हुनेछैन । त्यसैले यसबीच नेपालले राम्रो टोलीसँग चरणवद्ध श्रृंखला खेल्दै आफूलाई पनि स्तरीय प्रतियोगिताका लागि परिपक्व बनाउनु पर्नेछ ।

आगामी ट्वान्टी–२० विश्वकपमा कुल २० राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् । एउटा समूहमा पाँच राष्ट्र हुनेछन् । चार समूहबाट शीर्ष दुई स्थानमा रहने टोलीले सुपर आठमा स्थान बनाउनेछ । नेपाल जस्तो एसोसिएट राष्ट्रले सुपर आठमा स्थान बनाउनसके पनि विश्व क्रिकेट माझ आफ्नो छाप छोड्नेमा दुई मत छैन । सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी–२० विश्वकप खेलेको नेपाल दोस्रो पटक यो फरम्याटको विश्वकप खेल्न लागेको हो ।

दुई पटक विश्वकप खेलिसकेकाले पनि नेपालले सहभागितामा मात्र विश्वकपलाई सीमित पार्नुहुँदैन । त्यसका लागि राष्ट्रिय टोलीका लागि राम्रो ब्याकअपका साथै विश्वस्तरका खेलाडीले पाउने सेवासुविधा पनि उनीहरूलाई प्रदान गर्नुपर्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पनि ओमानसँग फाइनलमा हारसँगै विश्वकपको तयारीलाई राम्रो बनाउन राम्रा टोलीसँग श्रृंखलाका साथै अन्य पक्षमा पनि काम गर्नुपर्ने उल्लेख गर्नुभएको थियो ।

घरेलु मैदानमा सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा पराजित हुँदा नेपाली टोलीमा अभैm पनि धेरै पक्षमा सुधारको आवश्यक देखिएको थियो । प्रतियोगिताभर ब्याटिङमा राम्रो गरेको नेपालले बलिङमा कमजोर प्रदर्शन ग¥यो । ट्वान्टी–२० क्रिकेटकै राम्रा बलर मानिएका अविनाश बोहोराको प्रदर्शन निकै निरासाजनक रह्यो । एक दशक अगाडि ट्वान्टी–२० विश्वकप खेलिसकेका सोमपाल कामी र अर्का अनुभवी बलर करण केसीको बलिङ प्रदर्शन पनि सन्तोषजनक रहेन ।

नेपाली क्रिकेट टोलीका पूर्वसदस्य तथा प्रशिक्षक राजु बस्न्यातले फाइनलमा नेपालका बलर केही चुकेको सहमति जनाउनु भयो । यद्यपि, फाइनलबाहेक भने नेपाली बलरले राम्रो गर्न सकेको उहाँको बुझाइ छ । ब्याटिङमा भने नेपाल इतिहासकै उत्कृष्ट टोलीका रूपमा देखिएको बस्न्यातले बताउनु भयो ।

विश्वकपमा भने नेपाली बलरलाई कुनैपनि खेलमा गल्ती गर्ने छुट हुनेछैन । किनकी विश्व स्तरका खेलाडीले त्यसको फाइदा लिनेछन् । जुन नेपालको सहभागितामा खल्लो बन्नसक्छ । त्यसैले विश्वस्तरका टोलीसँग खेल्दै नेपालले आफ्ना बलरको प्रदर्शनमा सुधार गर्नुुपर्ने हुन्छ । पूर्वप्रशिक्षक बस्न्यातले पछिल्ला समय नेपाली क्रिकेट टोलीले लगातार पाएको म्याच एक्सपोजरका कारण पनि यो सफलता प्राप्त भएको उल्लेख गर्नुभयो । त्यसैले पनि टोलीलाई उच्चस्तरको म्याच एक्सपोजरको आवश्यकता रहेको उनले औंल्याउनु भयो ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षण पनि सम्हालेका बस्न्यातले तयारी राम्रो गरिने हो भने विश्वकपमा पनि नेपालको प्रदर्शन सुखद् हुने विश्वास व्यक्त गर्नुभयो । यो सफलता जोगाइराख्न घरेलु क्रिकेटको संचरना र राष्ट्रिय टोलीको ब्याकअपका लागि ‘ए’ र ‘बी’ स्तरको टोली पनि बनाउनुपर्ने पूर्वक्रिकेटर बस्न्यातले भन्नुभयो ।

सन् २०१४ को विश्वकप खेलेका सोमपाल कामीले यस पटक विश्वकप छनोट भएसँगै लामो प्रतिक्षापछि यो सफलता प्राप्त गरेकाले खेल्न मात्र होइन जित्न जान्छौं भन्ने प्रतिक्रिया दिनुभएको थियो । विश्वकपमा छनोटपश्चात उत्साहित खेलाडीलाई सोहीअनुरूपमा तयारी गराउने जिम्मेवारी नेपाल क्रिकेट संघ(क्यान) को हो । क्यानले समयमा तयारी प्रभावकारी बनाउने हो भने पक्कै पनि नेपाल खेल्न मात्र होइन जित्न योग्य टोली बन्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);