बालिका बलात्कार गर्ने दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

बालिका बलात्कार गर्ने दुई जना पक्राउ

rape
झापा,१ साउन । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका–१ बस्ने ५९ वर्षीय नरेश रसाईलीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । रसाईलीले ती बालिकालाई बुवाआमा धान रोप्न खेतमा गएको अवस्थामा फकाई आफ्नै घरको कोठाभित्र लगि ललाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका–८  सौडी  बस्ने २६ वर्षीय अनिल नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती बालिकालाई गत बिहीबार राति  रोल्पाबाट ललाई फकाई ल्याई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);