जबरजस्ती करणी गरेको अभियोगमा राई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जबरजस्ती करणी गरेको अभियोगमा राई पक्राउ

rape kishori

झापा,४ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दमक नगरपालिका–५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय मोहन बहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राईले ती महिलालाई ललाई फकाई गत साउन १८ गते दिउँसो दमक नगरपालिका–८ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);