बलात्कारको आरोपमा २ जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बलात्कारको आरोपमा २ जना पक्राउ 

rape kesh
झापा,२९ असोज । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका–११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कवरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका–६ घर भई हाल झापा बिर्तामोड नगरपालिका–६ श्यालडाँगी बस्ने २७ वर्षीय प्रकाश तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);