होटलमा अवैध गतिबिधि भइरहेको सुचना प्रहरीसम्म पुगेपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

होटलमा अवैध गतिबिधि भइरहेको सुचना प्रहरीसम्म पुगेपछि…

काठमाडौं । बुधबार बेलुकाको ६ बजिसकेको थियो । प्रहरी वृत्त महाराजगञ्जमा कतैबाट सुचना आयो । काठमाण्डौं वडा नं २६ स्थित वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सिनामा र मित्रनगर स्थित गुल्मी पल्लीकोट गेष्ट हाउसमा वैदेशिक रोजगार सम्बन्धी अवैध गतिविधि भईरहेको छन् । प्रहरी तत्काल ‘मुभ’ भयो ।

प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बसपार्कबाट हिडेको प्रहरीको टोली केहि समयमै उक्त गतिबिधि भइरहेको स्थानमा पुग्यो । प्रहरीले सुक्ष्म तवरले निगरानी गर्दा जब सुचना सहि भएको अनुभव गर्यो, होटल भित्रका कोठाहरुमा खान तलासी सुरु गर्यो ।

तसालीमा ७ सय ३१ थान राहदानी फेला पर्दा प्रहरी नै चकित पर्यो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले गुल्मीका ३८ वर्षिय मिन बहादुर सोमरे, सिन्धुलीका ४४ वर्षिय शेर नारायण श्रेष्ठ र कञ्चनपुरका ४४ वर्षिय लोकजन खड्कालाई नियन्त्रणमा लिएको छ ।

बिभिन्न व्यक्तिहरुका नाममा जारी भएका ७ सय ३१ थान राहदानी सहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार बिभाग बुद्धनगर पठाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);