घरझगडा हुँदा श्रीमानद्धारा श्रीमतिको घाँटी थिची हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

घरझगडा हुँदा श्रीमानद्धारा श्रीमतिको घाँटी थिची हत्या

भैरहवा, २७ चैत । रुपन्देही जिल्लाको सियारी गाउँपालिका वडा नम्बर ३ मा श्रीमान श्रीमतिबिच आपसि झगडा हुँदा श्रीमानले श्रीमतिको घाँटी थिची हत्या गरेका छन् । यहि चैत २६ गते बिहिबार बिहान ३ः१५ बजे सियारी गाउँपालिका वडा नम्बर ३ हर्नैया बस्ने ६६ वर्षिय गनपत बानियाले आफ्नै श्रीमति ५५ वर्षिय कुस्मा बानियाको घाँटी थिचि हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बानियाले घाटी थिचि कर्तब्य गरी मारेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरीपरिचालन भई घटनास्थलमा पुग्दा मृतक कुश्मा बानिया खाटमा मृत अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रबक्ता तथा सुचना अधिकारी सत्य नारायण थापाले बताए । निजको घाँटीमा शंकास्पद दाग देखा परेकोले पोस्टमर्टमको लागी भिम अस्पताल भैरहवामा पठाईएको थापाले बताए ।

प्रहरीले मृतकको श्रीमान गनपत बानियालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याइ थप अनुसन्धान गरिरहेको छ । घटना सम्बन्धमा श्रीमान श्रीमती बिच सामान्य बिवाद हुदा आवेशमा आइ घाटी थिचेको भन्ने बुझीएको र अनुसन्धानको लागी रुपन्देही जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रहरी प्रबक्ता सत्य नारायण थापाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);