ट्राफिक नियम उलङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना अनलाईन मार्फत भुक्तानी गर्न सक्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ट्राफिक नियम उलङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना अनलाईन मार्फत भुक्तानी गर्न सक्ने

काठमाडाैं, २७ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उलङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना सहज तरिकाले अनलाईन मार्फत भुक्तानी गर्न सक्ने प्रणालीको विस्तार गरेको छ ।

महाशाखाले शुक्रबार फोन पे र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरी सेवाग्राहीले आफ्नो बैंक खाता मार्फत सिधै जरिवाना तिर्न सक्ने प्रणालीको विस्तार गरेको हो । यससँगै सेवाग्राहीले ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ ।

ट्राफिक महाशाखाले जरिवाना रकम सम्बन्धित बैकंको खाता मार्फत भुक्तान हुने गरि प्रणाली विकास गरेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);