लागुऔषध ओसार–पसारमा संलग्न तीन प्रहरी फन्दामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

उदयपुर, १४ भदौ । लागुऔषध ओसार–पसारमा संलग्न तीन जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले नियन्त्रणमा लिएका लागुऔषध ओसारपसारमा संलग्न त्रियुगा नगरपालिकाका दिवश राई, सुजिन्द्र राई र मोतेबुल मोहमदलाई सार्वजनिक गरेको हो ।

 

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्लामा बढ्दो लागुऔषध प्रयोग र ओसारपसारलाई नियन्त्रणमा लिनका लागि विशेष अभियान नै संचालन गरेको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

 

प्रहरीले संचालनको गरेको विशेष अभियानअन्तर्गत एक महिनाको अवधिमा ३६ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारी पक्राउ परेका छन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);