सीमा मिचेर बाँध बनाउदै भारतीय सुरक्षाकर्मी, आश्वासनमा नै मख्ख नेपाल सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौँ, १४ भदौ । नेपाल–भारत सीमा नजिकै महासा गाउँमा भारतले बनाएको बाँध केही दिनअघि बाढीले भत्कायो । तर, बाढी सुक्न नपाउँदै भारतीय सुरक्षाकर्मी निकास नराखी बाँध निर्माणमा जुटेपछि सदरमुकाम गौर र लक्ष्मीपुर वेलबिछवाका बासिन्दा चिन्तित बनेका छन् ।

 

पाँच दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार संसदमा सम्बोधन गर्दै भारतले बनाएका बाँध र नेपाली भूमि डुबानमा परेको विषयमा समकक्षी नरेन्द्र मोदीसँग गम्भीर कुराकानी भएको बताएका हुन् ।

 

प्रधानमन्त्री देउवाले डुबानका विषयमा बिहारका मुख्यमन्त्रीसँग पनि छलफल गरेको जनाए । उनले तराई डुबानका विषयमा भारतीय पक्षको गम्भीर ध्यानाकर्षण गराएको विषयमा संसदलाई जानकारी गराइरहँदा रौतहटको दक्षिणी क्षेत्र दसगजानजिक भारतले धमाधम बाँध बनाइरहेको थियो । भारतले मनपरी ढंगले सीमानजिक बनाएका बाँधका कारण पानी पर्नासाथ लाखौं हेक्टर नेपाली भूमि डुबानमा पर्छ । तर, नेपाल सरकारको औपचारिकतामा सीमित छलफलका कारण भारतले एकोहोरो बाँध निर्माण गरिरहँदा सीमाक्षेत्रका बासिन्दा भने त्रासमा बाँच्न बाध्य छन् ।

 

बाँधका कारण हरेक वर्ष नेपालले निकै ठूलो क्षति व्यहोर्नुपर्छ । अर्बौं मूल्यको अन्नबाली, पशुपन्छी र जग्गाजमिन नष्ट भइरहेको छ । तराईबासी अनाहकमा ज्यान गुमाउन बाध्य छन् । तर, सरकार औपचारिकतामा सीमित छलफल गरी जनताको आँखामा छारो हाल्ने काम गरिरहेको छ ।

 

बाँध मर्मतस्थल वरपर भारतीय सुरक्षाकर्मीले नेपालीलाई आवतजावतमै रोक लगाएका छन् । सञ्चारकर्मीलाई फोटो खिच्नसमेत दिइएको छैन । स्थानीय प्रशासनले भने भारतले अवैध तरिकाले बाँध बनाइरहेको विषयमा गृह मन्त्रालयमा मौखिक र लिखित जानकारी गराइसकेको जनाएको छ । माउन्टेन टेलिभिजनसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले सीमा क्षेत्रमा बाँध निर्माणको विषयमा स्थानीय प्रशासनले सरकारलाई जानकारी गराउनमात्र सक्ने बताएका । सरकारले सीमा क्षेत्रमा एकतर्फी रुपमा भइरहेका बाँध निर्माण कार्यलाई रोक्न नसक्ने हो भने केही वर्षभित्रै सम्पूर्ण तराई डुबानको चपेटामा नपर्ला भन्न सकिन्न ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);