मत पत्र छाप्न मेशिन तयारी हालतमा राख्नुस् : मन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मत पत्र छाप्न मेशिन तयारी हालतमा राख्नुस् : मन्त्री श्रेष्ठ

काठमाडौं, २५ फागुन । शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाईको लागि मेशिन तयारी हालतमा राख्न निर्देशन दिएका छन् । जनक शिक्षा समाग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमणको क्रममा मन्त्री श्रेष्ठले केन्द्रका अधिकारीलाई सो निर्देशन दिएका हुन् ।

अब निर्वाचन गर्ने समय आएको छ, तपाईहरु तयारी रहनुस–मन्त्रालयका सचिव एवं केन्द्रका अध्यक्ष रामप्रसाद थपलिया, केन्द्रका प्रबन्ध सञ्चालक अनिल झा लगायत पदाधिकारीलाई निर्देशन दिने क्रममा भने–सबै मेशिन दुरुस्त राख्नुस । ‘सरकारले निर्वाचन आयोगलाई निर्देशन दिन्छ । आयोगले जनकलाई निर्देशन दिएलगत्तै खुरुखुरु छपाई गर्न थाल्नुपर्छ ।

निर्वाचन आयोगमा रहेका मेशिनहरु पनि तत्काल ल्याउने व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् । यसअघि सरकारले बैशाख १७ र २७ गर्ने निर्वाचन तयारी गर्दा आयोगका प्रमुख निर्वाचन आयुक्त सहितको टोली केन्द्रमा पुगेर निर्देशन दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);