सवारी दुर्घटनामा २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सवारी दुर्घटनामा २ जनाको मृत्यु

motercycle durghatana

काठमाडौं, २६ फागुन । नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-१ निलो गेटस्थित सडकमा लु.१ च २७९४ नम्बरको हात्ती गाडीको ठक्करबाट साईकलयात्री सोही ठाउँ पानीटोल बस्ने ३८ वर्षीय सुर्यनारायण काफ्लेको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका काफ्लेको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै झापाको दमक नगरपालिका-१ श्रेष्ठ चोकमा मे.१ त ६०३२ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरका सहचालक ईलाम घर भएका २१ वर्षीय बसन्त राईको बुधबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारको लागि लाईफ लाईन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);