दाङमा ब्राउन सुगरसहित १० युवा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दाङमा ब्राउन सुगरसहित १० युवा पक्राउ

दाङ । दाङमा लागूऔषध ब्राउन सुगरसहित १० जना पक्राउ परेका छन् । तुलसीपुर क्षेत्रबाट २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए । 

प्रहरीले तुलसीपुर उपमहानगरपालिका-२१ वर्षीय वीरबहादुर विक, ८ कृष्णमन्दिरका २५ वर्षीय अमर गन्दर्भ, १ भम्केका ३३ वर्षीय वीरबल विरकट्टा, सल्यानको कुमाख गाउँपालिका-२ खानीखोला घर भइ हाल तुलसीपुर ५ मा कोठा भाडामा बस्ने २८ वर्षीय वीरबहादुर चलाउने,  बेलझुण्डीका २३ वर्षीय कैलाश सुनार, सोही ठाउँका २३ वर्षीय वसन्त राना, तुलसीपुर १ भम्केका २२ वर्षीय विनोद भण्डारी, तुलसीपुर ५ का २४ वर्षीय देविराज हल्वाई, तुलसीपुर ९ का २४ वर्षीय एकराज डाँगी र सोही ठाउँका २६ वर्षीय मानबहादुर विकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको  हाे।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);