मोटरसाईकल दुर्घटनामा सञ्चारकर्मी चौलागाईंको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मोटरसाईकल दुर्घटनामा सञ्चारकर्मी चौलागाईंको मृत्यु

श्याम गुप्ता
बारा ।,
बाराको जीतपुरसिमरा उपमहानगपालिका २ मुसर्नीमाईमा बिहिवार बिहान मोटरसाईकल दुर्घटनामा परि सञ्चारकर्मी रमेश चौलागाईंको मृत्यु भएको छ । ना १९ प ८८१८ नम्बरको मोटर साईकलमा सवार चौलागाईंले चलाएको मोटरसाईकल विद्यतुको पोलमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । उनी सिमराबाट सोलखपुर तर्फ जाँदै गरेका थिए ।

दुर्घटना लगत्तै उद्दारगरी सिमरा स्थित अल्पाईन अस्पताल ल्याईएका चौलागाईंलाई चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा उनको टाउकोमा गम्भिर चोट लागेको थियो । उनको शव पोष्टमार्टमका लागि बिरगंज लैजान लागिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृतक चौलागाईं सोलखपुरबाट प्रकाशन हुँने ज्वलन्त खबरका प्रकाशक हुन् । लामो समय सञ्चार क्षेत्रमा आवद्ध चौलागाईंले केही महिना अघि देखी आफ्नै अनलाईन पत्रिका सञ्चालनमा ल्याएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);