दशैँमा १० हजारलाई कारबाही : मापसेमा भेटिए १२ सयभन्दा बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

काठमाडौँ, २० असोज । उपत्यकामा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १० हजार तीन सय ८३ सवारीचालक कारबाहीमा परेका छन्। ट्राफिक नियम उल्लंघन गरेकाले उनीहरु पक्राउ परेका हुन्।

ट्राफिक प्रहरी महाशाखाका अनुसार

मापसे गरी सवारी चलाउने एक हजार दुई सय ५६ जना
लेन मिच्ने एक सय ९६
लामो दूरीका लागि धेरै भाडा असुल्ने ५३ जना
टिकटको बिचौलिया गर्ने ३४ जना
ट्याक्सीमा मनोमानी भाडा असुल्ने ८८ जना
रुट इजाजत नलिइ सवारी चलाउने २१ जना
सिटबेल्ट नबाँधी सवारी चलाउने ४८ जना र
ढोका खुल्लै राखेर सवारी चलाउने २६ जना कारबाहीमा परेका हुन्।

यस अवधिमा चार जनाको ज्यान गएको छ। गत बर्षको दशैँका बेला भने १० जनाको ज्यान गएको थियो। आजको नागरिक दैनिकमा खबर छ।