काठमाडौं उपत्यकामा एकैदिन १४ सय ३८ जना सवारी चालकमाथि कारवाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं उपत्यकामा एकैदिन १४ सय ३८ जना सवारी चालकमाथि कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय ३८ जना सवारी चालकहरूलाई कारवाही गरेको छ । मंगलबार काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ । 

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९७ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १५ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ८५ जना रहेका छन् । 

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २० जना र मदिरा पिएर सवारी साधन चलाउने ३५ जना चालकहरूलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);