दशैंको मुख्य चुनौती बन्यो मुग्लिन सडकखण्ड : लागू भयो यस्तो योजना | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

काठमाडौँ, ३० भदौ । दशैंको मुख्य चुनौती मुग्लिङ-नारायणगढ सडक खण्डको पहिरो भएको निष्कर्ष निकाल्दै प्रहरीले उक्त सडकलाई विशेष सुरक्षा दिएको छ।

प्रहरी प्रवक्ता, डीआईजी मनोज न्यौपानेका अनुसार, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सडक आयोजना प्रमुखलगायत सरोकारवालको बैठकपछि मुग्लिङ सडकको २४सै घण्टा सुरक्षा दिई यात्रुलाई सहज रुपमा आवतजावत गर्ने व्यवस्था मिलाइएको छ। सडक खण्डमा ६ वटा टोली परिचालन भएको छ।

टोलीले २४सै घण्टा अनुगमन गर्ने, ६ वटा स्काभेटरसहित हेभी इक्युपमेन्ट राख्ने, पहिरो आए वा यात्रुवाहक सवारी साधन बिग्रिए तत्काल हटउने, प्रत्येक हप्तामा सुधार गर्नेलगायतका योजना लागू गरिएको छ। सडक खण्डमा यात्रुको सुरक्षाका लागि ३ वटा अस्थायी पोष्ट स्थापना गरिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);