आयल निगमको चितवनको जग्गा अनुगमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आयल निगमको चितवनको जग्गा अनुगमन

काठमाडौं, १० भदौ । व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति अन्र्तगतको उपसमितिले नेपाल आयल निगमले चितवनमा खरिद गरेको जग्गाको स्थलगत अनुगमन गरेको छ ।

 

उपसमितिका संयोजक सुवासचन्द्र शाह ठकुरी नेतृत्वको टोलीले चितवनको राप्ती नगरपालिका लोथर पुगी जग्गाको निरिक्षण गरेको हो ।स्थलगत निरिक्षणको क्रममा टोलीले जनप्रतिनिधी, स्थानियबासी र सरोकारवालाहरुसँग जग्गाको वास्तविक मुल्यको बिषयमा जानकारी समेत लिएको छ ।

 

नेपाल आयल निगमले इन्धन भण्डारणका लागि मुलुकका विभिन्न स्थानमा गरेको जग्गा खरिदमा आर्थिक चलखेल भएको विषय समितिमा प्रवेश भएपछि समितिले त्यसको छानविन गर्न उपसमिति गठन गरेको थियो ।

 

आयल निगमले खरिद गरेको जग्गामा अनियमितता भए नभएको छानविनका लागि उपसमितिले स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा जग्गाको मुल्यमा एकरुपता नपाईएको र जग्गा प्राप्ती ऐन विपरित भएको प्रारम्भीक ठहर उपसमितिले गरेको छ ।

 

नेपाल आयल निगमले राप्ती नगरपालिकाको वडा नं. १ लोथर ड्याकको आडमा २३ बिघा १२ कठ्ठा जग्गा प्रति कठ्ठा १५ लाख ८५ हजार रुपौयाँका दरले खरिद गरेको थियो । स्थानीयबासी तथा त्यहाँका जनप्रतिनिधिले यो मुल्य चलनचल्तीको भन्दा निकै बढी भएको बताउदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);