तराईमा आएको वाढीका कारण राजश्व संकलनमा गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

तराईमा आएको वाढीका कारण राजश्व संकलनमा गिरावट

काठमाडौं, १० भदौ । तराईका केही जिल्लामा साउनको अन्तिम साता आएको बाढी र डुबानको प्रत्यक्ष असर राजश्व संकलनमा पनि परेको छ ।

 

बाढी र डुबानका कारण सिमानाकाको सम्पर्कका पुल भत्कनुको साथै भन्सार नाकाहरु डुबानमा पर्नुको साथै जनजीवन नै अस्तव्यस्त बनेपछि त्यसको प्रभाव राजश्वमा परेको हो ।

 

अर्थमन्त्रालयका राजश्व सचिव शिशिर कुमार ढुंङगानाले साउन महिनामा ५३ अर्ब राजश्व संकलन गर्ने लक्ष्य भएपनि जम्मा ४६ अर्ब मात्रै संकलन हुन सकेको बताए । यद्यपि समग्र चालु आर्थिक बर्षको राजश्व संकलनको लक्ष्य भने आफुहरुले पुरा गर्ने उनले बताए ।

 

राजश्व संकलनलाई अपेक्षाकृत हासिल गर्नका लागि न्युन विजीकरण तथा रावश्व चुहावट नियन्त्रण हुनु अत्यावश्क भएको भन्दै उनले त्यसका लागि मन्त्रालयले आधुनिक प्रणालीको सुरुवात गर्ने तयारी गरिरहेको बताए ।

 

वास्तविक मुल्य भन्दा कम मुल्यको बिल जारी गर्ने, सामान आयात गर्दा नेपाली भन्सारमा सामानको कम मुल्य बनाउने लगायत अनौपचारिक अर्थतन्त्रको कारोवार बढ्दै गएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

 

केही समय अघि विश्व बैकले सार्वजनिक गरेको तथ्याङकले नेपाली बजारमा ३९ दशमलब २ प्रतिशत अनौपचारिक अर्थतन्त्रको कारोबार भएको देखाएको छ भने राष्ट्र बैकको सर्वेक्षणमा भारतको भन्सार बाट नेपालको भन्सारसम्म आईपुग्दा ३५ प्रतिशत सामानको मुल्य हराउने गरेको देखिएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);