मन्थलीमा तरकारीको अभाव, तरकारीको भाउ अकासिँदा मन्थलीबासी मर्कामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नवराज श्रेष्ठ, रामेछाप, १० भदौ ।
रामेछापको सदरमुकाम मन्थलीमा तरकारी अभाव भएपछि उपभोक्ता समस्यामा परेका छन् । तराई क्षेत्र डुवानमा परेपछि एकाएक तरकारीको भाउ अकासिँदा मर्कामा परेका मन्थलीबासी तरकारी नै पाउन छाडेपछि तनावमा छन् ।

 

अविरल वर्षासँगै आएको बाढीले तराई क्षेत्र डुवान भएपछि रामेछापको सदरमुकाम मन्थलीमा हरियो तरकारी मूल्य छोइनसक्नु भयो । तराई डुवानपछि तरकारी लगायत फलफूलको मूल्य धेरै बढ्दा उपभोक्ता आत्तिने अवस्था आयो । पहिलाभन्दा दोब्बर–तेब्बर मूल्यमा भए पनि किनेर खान बाध्य उपभोक्ता अहिले बजारमा हरियो तरकारी नै पाउन छाडेपछि समस्यामा परेका छन् ।

मन्थलीका व्यापारीले बर्दिबास, लालबन्दी, काठमाडौं र इनरुवालगायतका स्थानबाट तरकारी ल्याउने गरेका छन् । तर, तराई क्षेत्र डुवानमा परेपछि ती ठाउँबाट तरकारी आयात हुन नसक्दा बजारमा अभाव भएको हो । जिल्लाकै विभिन्न स्थानमा उत्पादित तरकारी पनि सदरमुकाम ल्याउने गरिन्छ । तर, यहाँ उत्पादित तरकारीले मागको ३० प्रतिशत पनि धान्दैन । १५ दिनअघि सम्म १८ प्रकारका तरकारी पाइने पसलमा अहिले दुई थरीका तरकारी पनि पाउन गाह्रो भएको व्यापारी बताउँछन् ।

 

रामेछाप सदरमुकाम मन्थलीमा १५ भन्दा बढी तरकारी पसल छन् । तर, अधिकांश एक–दुई थरीभन्दा हरियो तरकारी छैन । तरकारी अभाव भए पनि सरोकारवाला निकायले आपूर्तिका लागि कुनै पहल गरेको व्यापारी र उपभोक्ताको गुनासो छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);