पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९३ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९३ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९३ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९३ संक्रमणमुक्त भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच लाख १५ हजार ५ सय ९१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ९१ पीसीआर परीक्षणमध्ये २ हजार ८ सय ७४ संक्रमित र ५ हजार ३ सय ३७ एन्टीजेन परीक्षणमध्ये ८ सय ७५ संक्रमित गरी जम्मा ३ हजार ७ सय ४९ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ५९ संक्रमितले ज्यान गुमाएका छन् । योसंगै सक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);