चीनले सन २ हजार २१ भित्र विश्वका विभिन्न देशलाई दुई अर्ब मात्रा कोरोना खोप सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चीनले सन २ हजार २१ भित्र विश्वका विभिन्न देशलाई दुई अर्ब मात्रा कोरोना खोप सहयोग गर्ने

एजेन्सी । चीनले सन २ हजार २१ भित्र विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब मात्रा कोरोना खोप सहयोग दिने भएको छ । चीनका राष्ट्रपति सि जिनपिङले यो वर्षको अन्त्यसम्ममा विश्वका खाँचो परेका देशहरूलाई कम्तीमा पनि दुई अर्ब मात्रा खोप दिने बताएका हुन ।

कोभिड–१९ को अप्रेसन फोरमको बैठकमा राष्ट्रपति सिले सन्देश पठाउदै यहि बर्ष भित्र कोभ्याक्स कार्यक्रममा एक करोड अमेरिकी डलर सहयोग गर्ने पनि बताएका अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कोभ्याक्स अन्तर्गत दिइएको एक करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशहरूका लागि उपलब्ध गराइने राष्ट्रपति सीको भनाइ छ । राष्ट्रपति सीले कोरोना विरुद्ध विश्व समुदायलाई एकत्रित गर्ने अभियानमा पनि चीनले भूमिका निर्वाह गर्ने बताए ।

चीन महामारी विरुद्ध विश्व समुदायलाई एकै स्थानबाट लड्ने वातावरण सिर्जना गर्ने प्रयासमा रहेको राष्ट्रपति सीले उल्लेख गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);