प्रतिनिधि सभाको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रतिनिधि सभाको बैठक आज बस्दै

samsadh parlyament

काठमाडौं, २ जेठ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

बैठकमा संसदको नियमावलीको मस्यौदामाथि छलफल गरि पारित गर्ने कार्यसुचि तय भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोग लागे सांसदका रुपमा कुनै काम गर्न नपाउने तर निलम्बन भने नहुने व्यवस्थासहितको मस्यौदा संसद सचिवालयमा पेश गरेको छ । तर, त्यसको चर्को विरोध भएपछि एमाले र माओवादीको शीर्ष तहमै निलम्बनको व्यवस्था राख्ने सहमति जुटेको छ । एमाले सांसदहरु भैरबबहादुर सिंह, नरबहादुर धामी र दामोदर भण्डारीले मस्यौदामा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

एमाले र माओवादीबिच सहमति भएकाले फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधान रहेको नियमावलीको संशोधन प्रस्ताव पारित हुने लगभग निश्चित जस्तै छ । प्रतिनिधिसभामा एमाले र माओवादी मिलेपछि बहुमत पुग्छ । बहुमतबाट नियमावली पारित गर्न १ सय ३८ सांसद चाहिनेमा दुवै दलका गरि १ सय ७४ जना सांसद छन् । कांग्रेस र मधेश केन्द्रित दल भने सांसदलाई फौजदारी अभियोग लागेपछि सांसदका रुपमा गर्ने सबै काम कारवाही गर्न नपाउने, तलब भत्ता रोक्का हुने तर निलम्बन भने गर्न नहुने पक्षमा छन् ।

यस्तै संसदीय समिति १० वटा नै बन्ने भएको छ । कांग्रेसले ७ वटा मात्र राख्नुपर्ने फरक मत राखे पनि एमाले र माओवादी यो विषयमा एकमत रहेकाले कांग्रेसको फरकमत अल्पमतमा पर्ने निश्चित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);