आइतबार सुनचाँदीको मूल्य घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आइतबार सुनचाँदीको मूल्य घट्यो

gold shop

काठमाडौं, ११ असोज । आइतबार, सुन तथा चाँदीको मूल्य घटेको छ । शुक्रबार बढेको सुनचाँदीको मूल्य साताको पहिलो दिन फेरि बढेको हो । यस दिन सुन तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार, सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी चाँदी पनि आइतबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले उकालो लागेर प्रतितोला १ हजार १६० रुपैयाँ तोकिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);