सभा, जुलुस र प्रदर्शन नगर्न जिल्ला प्रशासनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सभा, जुलुस र प्रदर्शन नगर्न जिल्ला प्रशासनको आग्रह

काठमाडौं, १६ मंसिर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । काठमाडौं जिल्ला प्रशासनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

पछिल्लो समय काठमाडौंमा विभिन्न माग राखी राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि बढिरहेको भन्दै प्रशासनले त्यस्ता गतिविधि नगर्न बिज्ञप्तिमा भनिएको छ । बिज्ञप्तिमा भीडभाडजन्य गतिविधि, सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन–२०२८, र संक्रामक रोग ऐन २०२० विपरीत हुने पनि उल्लेख गरिएको छ ।

प्रशासनको अनुरोधविपरीत सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि विज्ञप्तिमा जनाइएको छ । केही समूहले पछिल्लो समय काठमाडौ सहित देशका बिभिन्न भागमा बिभिन्न माग राखेर प्रदर्शन गरिरहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);