बङ्गुर पालेरै मासिक ५० हजार अम्दानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

बङ्गुर पालेरै मासिक ५० हजार अम्दानी

bungur

सन्दिप शर्मा
म्याग्दी, २७ जेठ । म्याग्दीको मालिका गाँउपालिका–३, रुम डाँडागाँउका टकबहादुर बुढाथोकीले बङ्गुरपालनबाटै अहिले मासिक रुपमा ५० हजारभन्दा बढी बचत गर्दै आएका छन् । लामो समय वैदेशिक रोजगारीका लागि कतारमा बसेका बुढाथोकीको अहिले बेनीबजारमा बङ्गुरको मासु पसल सञ्चालनमा छ । उनको मासु पसल मात्र होइन बेनीबजार नजिकै अग्नीखेतमा बङ्गुर फर्म रहेको छ । हाल उनको बङ्गुर फार्ममा ८० भन्दा धेरै बङ्गुर छन् ।

२०५७ सालमा रोजगारीको सिसिलामा कतार पुगेका उनी नेपाल फर्केर केही समय विदेश जाने चक्करमै घुमे । विदेशमा जाँदा राम्रो आम्दानी पनि भएन र नेपालमै केही गर्ने सोच आएपछि २०७३ मा एकलाख ८५ हजार लगानीमा सुरु गरेको बङ्गुरपालन पेशा अहिले सन्तोषजनक रुपमा अगाडि बढिरहेको छ ।
‘अहिले ८५ वटा बङ्गुर छन्, मासु पसल पनि चलाएको छु यसबाट अहिले मेरोमा म र श्रीमतीसहित ५ जनालाइ रोजगारी मिलेको छ’ बुढाथोकीको भनाइ छ ।

उनले अहिले सबै खर्च कटाएर कम्तीमा पनि ५० हजार रुपैयाँ मासिक रुपमा बचत गर्दै आएका छन् । दुई सन्तानलाई बेनीबजारकै निजी विद्यालयमा पढाइरहेका बुढाथोकी अहिले आफूले थालेको पेशाबाट सन्तुष्ट छन् । बङगुरका लागि आवश्यक पर्ने दाना सङ्कलनका लागि व्यवसायको सुरुआतको समयमा बुढाथोकी दम्पतीले बजार क्षेत्रका होटल तथा होस्टेल लगायतका स्थानबाट डोकोमा दाना ओसारे ।

त्यसपछि आफ्नो व्यवसाय बढ्न थालेपछि उनीहरुले रिक्सामा दाना ओसार्न थालेका थिए । व्यवसाय फस्टाउँदै गएपछि टकबहादुर बढाथोकीले मोटरसाइकल लिएर दाना ओसार्दै आइरहेका छन् । सुरुसुरुको समयमा बङ्गुरको मासुको बजार राम्रो नभए पनि हाल हप्तामा एउटा बङ्गुर बिक्री हुने उनको भनाई छ । एउटा बङ्गुर एकसय केजीभन्दा बढी भएपछि काटेर बिक्री गर्ने उनले बताए ।

बुढाथोकीले उत्पादन गरेको बङ्गुरको मासु बेनीबजारमा खपत हुने गरेको हुँदा मासु बेच्नैका लागि धेरै टाढा जानुनपर्ने भएकाले पनि बुढाथोकीलाई आफ्नो व्यवसायप्रति गर्व लागेको उनको भनाई छ । आफ्नै पसलमा मासु किन्नका लागि ग्राहक आउने र थोरै लगानीबाट सुरु गरेको व्यवसायको दुई वर्षको अवधिमा भएको प्रगतिले गर्दा हौसिएका बुढाथोकी व्यवसायलाई थप स्तरोन्नति गर्नेतर्फ लागेका छन् ।

बेनीबजारमा बङ्गुरको मासुको प्रति केजीको करिब ४ सय रुपैयाँमा बिक्री हुने गरेको उनको भनाई छ । मानव स्वास्थ्यका लागि पनि स्वस्थ्यकर हुने बङ्गुरका मासुको बजार भाउ पनि राम्रो भएका कारण पनि यो व्यवसायमा अन्यको पनि आकर्षण बढ्दो छ । आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारीमै जानुपर्छ भन्ने सोचले ग्रसित नेपाली समाजका लागि बुढाथोकी एक उदाहरणका रुपमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);