लकडाउनका कारण कुखुरा पालन व्यवसाय संकटमा, खाडल खनेर पुर्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

लकडाउनका कारण कुखुरा पालन व्यवसाय संकटमा, खाडल खनेर पुर्न बाध्य

kukhura

पाल्पा, प्रकाश नेपाल

बाग्लुङ, सुवास आचार्य

काठमाडौँ, ९ वैशाख । लकडाउनका कारण पाल्पा र बाग्लुङमा कुखुरा पालन व्यवसाय संकटमा परेको छ । लकडाउनले गर्दा पसल, फ्रेसहाउस, यातायातका साधन ठप्प भएकाले उत्पादित कुखुरा बजार पठाउन नसक्दा कुखुरा पालन व्यवसाय संकटमा परेको हो । बैदेशिक रोजगारी त्यागेर बैंकबाट ऋण लिएर कुखुरापालन सञ्चालन गरेका पाल्पा र बाग्लुङमा कृषकहरु ऋणको व्याज समेत तिर्न नसकने अवस्थामा पुगेका छन् ।

लकडाउनका कारण उत्पादित कुखुरालाई बजार पु¥याउन नसक्दा पाल्पाका कुखुरापालकहरु नोक्सानी बेहोर्न बाध्य भएका छन् । पाल्पा भित्र साना ठुला गरी १ हजार भन्दा बढी पोल्ट्रि फार्ममा मासुका लागि पालिने बोइलर कुखुरापालकहरुले दाना र बजारको अभाबका कारण खाडल खनेर कुखुरा पुर्न समेत थालेका छन् । जिल्लाको छहरा, चिदीपानी, झडेवा, रामपुर , मस्याम दोभान,सत्यवति,जुठापौवा,जस्ता ६०भन्दा बढी क्षेत्रमा अण्डाका लागि लेयर्स जाति र मासुका लागि बोइलर जातको कुखुरा पालन गर्ने व्यवसायिक फार्म संचालनमा छन् । लकडाउनका कारण कुखुराका दाना ढुवानी सगंसंगै डेढ महिनामा तयार हुने बोइलर बजारमा पठाउने वातावरण नभए पछि उनीहरु समस्यामा परेका छन् ।

राम्रो आम्दानी हुने भएपछि पछिल्लो समयमा कुखुरा पालन व्यवसायमा युवाहरुको आकर्षण बढ्दै गएको थियो । लकडाउनका कारण बजारमा कुखुरा पठाउन नसक्दा बैंकको कर्जा भुक्तानीमा समेत कठिन भएको व्यवसायीहरु बताउँछन् ।

यता बाग्लुङ वजारका होटल तथा रेष्टुरेण्ट वन्द भएको तथा व्यापार व्यवसाय र अध्ययनको सिलसिलामा वजारमा वस्नेहरु गाउँ फर्किएको कारण मासु र अण्डाको व्यापार करिव ८० प्रतिशत गिरावट आएको छ । दैनिक ४० देखि ५० केजी मासु विक्रि गर्ने गरेकोमा अहिले दैनिक ४–५ केजी मासु विक्रि हुने गरेको कृषक काजिमान थापाले बताउनु भयो ।

लकडाउनका कारण कुखुरा पालन गर्ने व्यवसायीहरुले दैनिक रुपमा १ लाख भन्दा बढी नोक्सानी बेर्होदै आएका छन् । व्यवसायीहरुको समस्या प्रति सरकारले समयमा नै राहतको व्यवस्थापन नगरे रोजगारी संगसंगै आम्दानीको राम्रो श्रोत बनेका व्यवसाय समेत बन्दै हुने देखिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);