लकडाउनले नेपालको पोल्ट्री क्षेत्र प्रभावित, कुखुरा बिक्री नहुँदा खाल्डोमा पुरिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लकडाउनले नेपालको पोल्ट्री क्षेत्र प्रभावित, कुखुरा बिक्री नहुँदा खाल्डोमा पुरिदै

मनिषा भण्डारी
काठमाण्डौं, ४ जेठ । चिनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वमै महामारीको रुप लिइरहेको छ । नेपाल पनि यसबाट प्रत्यक्षरुपमा प्रभावित भएको छ । कोभिड १९ को कारण नेपाल अहिले लकडाउनमा रहेको छ । लकडाउनको कारणले उद्योग देखि यातायात सेवा पनि ठप्पै रहेको छ । विश्वभरी नै महामारीको रुप लिएको कोभिड १९काे कारण धेरैले रोजगारी गुमाएको अवस्था छ । नेपालबाट रोजगारीको क्रममा विदेशिएका नेपाली युवाहरु अहिले विदेशीभूमि मै अलपत्र परेका छन् । नेपाल सरकारले स्वदेश फर्काउने आशामा लाखौ नेपाली युवाहरु दिन बिताइरहेका छन् ।

नेपाल कृषि प्रधान देश भए पनि कृषिको क्षेत्रमा आधुनिकीकरण हुन सकेको छैन । नेपाल पोल्ट्रीको क्षेत्रमा आत्मनिर्भर बन्दै गएको बेला फेरी यो क्षेत्र तहसनहस बनेको छ । अहिले पोल्ट्री व्यवसाय गर्दै आएका कृषकहरु लाखौको घाटा सहन बाध्य बनेका छन् । लकडाउनको कारणले कुखुरालाई आवश्यक पर्ने दाना औषधीको अभावले कुखुरालाई घाँस र पानी मात्रै खुवाएर बचाइरहेका छन् भने कति त खोरमै खान नपाएर भाेकैले मरेका छन्। कोरोनाको कारणले मानिसले मासु खान पनि छाडिसकेका छन् । कुखुरा व्यवसायीहरुले कुखरा विक्री गर्न नपाएर धेरै कुखराका चल्लाहरुलाई जिउँदै गाड्न पनि बाध्य बनेका छन् । यस्तो अवस्थामा नेपालको पोल्ट्री क्षेत्रको भविष्य कस्तो बन्ला?भन्ने जिज्ञासाको विषय बनेको छ ।

लकडाउनको अवधी बढ्दै गएमा हजारौ कुखुरा उत्पादक किसानहरु यस क्षेत्रबाट विस्थापित हुने सम्भावना बढेको छ । लकडाउन यता पोल्ट्री क्षेत्रमा २२ करोड ४० लाख ६० हजार भन्दा बढि घाटा भइसकेको छ । कुखुराको चल्लामा ३ करोड ४५ लाख ७० हजार, बोइलर तयारी कुखुरामा १५ करोड बराबारको नोक्सानी भइसकेको छ । यसैगरी अण्डामा ३ करोड ४५ लाख ९० हजार र अन्यमा दैनिक ५० लाख बराबरको नोक्सानी भएकाे छ ।

नेपालमा ८ वटा लेर्यस चल्ला उत्पादन गर्ने ह्रयाचरी रहेका छन् । त्यसले सातामा २ लाख भन्दा बढि चल्ला उत्पादन गर्दछ । बोइलर चल्ला उत्पादन गर्ने ३ सय २२ ह्रयाचरी छन् जसले सातामा ३५ लाख चल्ला उत्पादन गर्ने गर्दछ । लकडाउन यता ह्रयाचरी उद्योग बढि प्रभावित भएको छ।  अहिले ह्याचरीले चल्ला विक्री नभएकोले चल्लालाई नष्ट गरेर उत्पादनलाई घटाएको छ । सामान्य अवस्थामा नेपालमा ४५ लाख अण्डा उत्पादन हुदै आएकोमा अहिले २५ लाखमात्रै उत्पादन गरिन्छ । अण्डा विक्री नभएकोले गोदाममै थन्किएको छ । पोल्ट्रीले लाखौ जनशक्तिलाई रोजगार दिएको थियो । अहिले सबैजना कामविहिन बनेका छन् । उत्पादन भएपनि बजार नभएको र कुखुराको आहाराको लागि चाहिने वस्तुहरु बजारमा उपलब्ध हुनै छाडेको कुखुरा उत्पादक कृषकहरुको गुनासो रहेको छ ।

नेपाल पोल्ट्रीे महासंघका अध्यक्ष गुणचन्द्ध विस्टले पोल्ट्रीेको क्षेत्रमा आत्मनिर्भर बन्दै गएको बेला यस महामारीले नेपालको पोल्ट्रीे क्षेत्र ५ वर्ष पछाडी धकेलिएको बताउनु भएको छ । लकडाउनको कारणले समस्यामा परेका कुखुरा उत्पादक किसानहरुलाई विशेष प्रकारको प्याकेजको आवश्यकता रहेको बताउनु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);