कोरोनाको खोप बने पनि नबने पनि अमेरिका खुला रहन्छ : ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोनाको खोप बने पनि नबने पनि अमेरिका खुला रहन्छ : ट्रम्प

trump acquitted by senate

एजेन्सी, ३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको खोप तयार भए पनि नभए पनि अब अमेरिका खुला रहने स्पष्ट गर्नु भएको छ । अमेरिकाले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्ध खोप बनाउने उद्देश्य राखेको घोषणा गर्दै राष्ट्रपति ट्रम्पले अब अमेरिका खुला रहने स्पष्ट गर्नु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अपरेशन वोर्प स्पीड’ नाम दिइएको खोप बनाउने योजनालाई ट्रम्पले दोस्रो विश्वयुद्धका बेला परमाणुअस्त्र बनाउने प्रयाससँग तुलना गर्नुभयो । तर खोप नबनेपनि अमेरिकीहरूले बिस्तारै सामान्य अवस्थामा फर्किनुपर्ने उहाँले स्पष्ट गर्नु भयो ।

अर्थतन्त्रको चिन्ता गर्दा कोरोना भाइरस अझै फैलिनसक्ने अमेरिकी विज्ञहरुको चेतावनी आइरहेको बेला राष्ट्रपति ट्रम्पले अब सामान्य जनजीवनमा फर्कने तयारी भइरहेको बताउनु भयो । धेरै रोगविरुद्ध खोप उपलब्ध नभए पनि मानिसले आफैँ संर्घष गरेर निको हुने उहाँको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);