लकडाउनका कारण कृषि तथा पशुपक्षीं व्यवसाय प्रभावित, कृषककाे समस्या कसले बुझने? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

लकडाउनका कारण कृषि तथा पशुपक्षीं व्यवसाय प्रभावित, कृषककाे समस्या कसले बुझने?

मनिषा भण्डारी
काठमाडौं, १५ जेठ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले महामारीको रुप लिइरहँदा प्राय सबै देशहरु लकडाउनमा रहेका छन् । नेपाल पनि दूई महिना भन्दा बढिको लकडाउनमा रहेको छ । नेपाल लकडाउनमा गए सँगै हुने आर्थिक गतिविधीहरु प्राय ठप्प नै रहेका छन् । बन्दाबन्दिका कारण नेपालको अर्थतन्त्र चलायमान हुन सकेको छैन ।

नेपाल कृषि प्रधान देश हो । अधिकांश नेपालीहरु कृषिमा आधारित रहेका छन् । लकडाउनको कारण नेपालको कृषि क्षेत्रमा ठूलो प्रभाव परेको छ । जसले गर्दा कृषकहरु यस पेशाबाट विस्थापित हुने सम्भावना बढेको छ । नेपाल कृषि तथा पशुपक्षीं व्यवसायमा आत्मनिर्भर हुदै गएको बेला लकडाउनले समस्या निम्ताएको छ । उत्पादन भएका वस्तुले बजार नपाउँदा कृषकको उत्पादन खेर गएका छन् ।

नेपाल मासु , दुध, अण्डामा आत्मनिर्भर बन्दै गएको बेला लकडाउनका कारण दुधले बजार नपाएर ढलमा मिसाएको अवस्था छ भने कुखुराको चल्लालाई खाल्डोमा पुर्नुपरेको बाध्यता रहेको छ । कृषकको उत्पादकत्वमा वृद्धि भए पनि विक्री गर्ने ठाँउको अभाव छ । पशुपक्षीं व्यवसायलाई व्यवस्थित गर्न सके विदेशीभूमिमा रहेका लाखौं नेपाली युवाको लागि यस क्षेत्रमा रोजगारी सिर्जना हुने प्रचुर सम्भावना रहेको छ ।

पशुपक्षींका लागि आवश्यक पर्ने औषधीहरु राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले १४ किसिमका खोपहरु नेपालमै उत्पादन गर्दै आएको छ । पशुपक्षींको औषधीको क्षेत्रमा आत्मनिर्भर बन्दै गएको छ ।

नेपालले पोल्ट्रीको क्षेत्रलाई विशेष प्राथमिकता साथ हेर्दै आएको छ । पोल्ट्रीको क्षेत्रमा आत्मनिर्भर बनेको नेपाल लकडाउनले सिथिल बनाएको छ । पोल्ट्रीमा ५ लाख भन्दा बढि कृषकहरु यस क्षेत्रमा संलग्न रहेका छन् । अहिले पोल्ट्री व्यवसायीहरु बढि मर्कामा परेका छन् । सिथिल बनाएको नेपालको पशुपक्षीं व्यवसायलाई आगामी दिनमा कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न व्यक्तित्वहरूले फरक फरक मत राख्नुभएको छ ।

पशुसेवा विभागका महानिर्देशक डा. वंशी शर्माले नेपाल पशुपक्षी व्यवसायमा विस्तारै आत्मनिर्भर बन्दै गएको बेला लकडाउनले कृषकलाई थप समस्यामा पारेको बताउनु भएको छ । समयमा वस्तुको आपूर्ति नहुँदा उत्पादित वस्तु खेर गएको बताउनु भयो ।

अरनीको राज भण्डारी डेरी उद्योग संघ नेपालका निर्वतमान अध्यक्ष अरनीको राज भण्डारीले कोभिड १९ को कारण देशको अर्थतन्त्र तहसनहस बनाएको कृषकोसमस्यमलाई आएको नीति तथा कार्यक्मले समेट्नु पर्ने बताउनु भएको छ । अहिले बजार उपलब्ध नहुँदा दुध संकलन गर्न नसकेकोले उत्पादित दुधलाई कृषकले खेर फाल्न बाध्य हुनु परेको बताउनु भयो ।

डा उमेश दाहाल प्रमुख राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका प्रमूख डा.उमेश दाहालले उत्पादित वस्तुको सबल बजारीकरण नहुँदा अहिलेका युवाहरु पशुपक्षीं व्यवसायमा खासै आर्कषित हुन नसकेको बताउनु भएको छ । प्राविधिक जनशक्तिको अभावको कारण कृषिमा आधुनिकीकरण गर्न नसकेको बताउनु भयो ।

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);