दाङमा जबरजस्तीको आरोपमा एक जना युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दाङमा जबरजस्तीको आरोपमा एक जना युवक पक्राउ

rape pakrau

दाङ, २१ वैशाख । दाङमा प्रहरीले १५ बर्षीया बालिकालाई करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । दाङको शान्तिनगर गाउँपालिकां ४ निवासी ति बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा दंगीशरण गाउँपालिका ८ चखौरा का २२ बर्षीय सचिन चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं डिएसपी सुमित खड्काले बताउनुभयो ।

शनिवार तुलसीपुर उपमहानगरपालिका २ कुईरेपानी स्थित जंगलमा गाई चराउन गएको अवस्थामा ति बालिकालाई बजरजस्ती करणी गरेको आरोप लागेको छ । करणी गरी फरार भएको सुचना प्राप्त हुना साथ बालापुर प्रहरी चौकीबाट खटिएको टोलीले चखौरामा लुकीछिपी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका चौधरीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १८ को दफा २१९ (करणी सम्बन्धी) कसुरमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चौधरीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको प्रबक्ता खड्काले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);