जवरजस्ती करणीको आरोपमा दुई पुरुष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जवरजस्ती करणीको आरोपमा दुई पुरुष पक्राउ

पाल्पा । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तिनाउबाट उनीहरुलाई शुक्रबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तिनाउ बस्ने वर्ष ४४ का पूर्णचन्द्र बस्नेत र सोही स्थानका वर्ष ४३ का चन्द्र बहादुर विक रहेका छन् । दुबैजनालाई १३ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुबैलाई पक्राउ गरेर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);