जबरजस्ती करणीकाे आरोपमा पर्सामा १ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जबरजस्ती करणीकाे आरोपमा पर्सामा १ जना पक्राउ

पर्सा । जबरजस्ती करणीको आरोपमा प्रहरीले पर्साका एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाको बहुदरमाई नगरपालिका–२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानूलाई बुधबार पक्राउ गरेको हो ।

अभियुक्त कानूले असार १४ गते १५ वर्षीया बालिकालाई निज सुत्ने कोठामा गई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभनमा पारी सखुवाप्रसौती गाउँपालिका–४ स्थित बाँसघारीमा लगी बलात्कार गरेको र सो पश्चात्पनि बालिकालाई आफू साथै राखी पटकपटक जबरजस्ती करणी गरेको भन्ने व्यहोरानको पीडित बालिकाको अभिभावकको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);