बर्दियामा ३ फरार कसुरदार पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बर्दियामा ३ फरार कसुरदार पक्राउ

काठमाडौं । जिल्ला अदालत बर्दियाले विभिन्न अपराध ठहर गरेर फरार रहेका ३ जना पक्राउ परेका छन् । बर्दियाको इलाका प्रहरी कार्यालयले उनीहरुलाई शुक्रबार पक्राउ गरी जिल्ला अदालत बर्दियामा बुझाएको छ ।

सार्वजनिक अपराध मुद्दामा जनही रु ५ हजार जरिवाना तोकिई फरार रहेका बर्दिया राजापुर नगरपालिका–१ बस्ने अशोक चौधरी र ऐ.ऐ. बस्ने केशव थारुलाई इलाका प्रहरी कार्यालय राजापुरको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । उनीहरुको मुद्दामा जिल्ला अदालत बर्दियाले २०७२ चैत ९ गते फेसला गरेको थियो ।

त्यसैगरी जिल्ला अदालत बर्दियाबाट २०७७ पुस १५ गतेको फैसला आदेशले सवारी ज्यान मुद्दामा २ महिना ४ दिन कैद सजाय तोकिई फरार रहेका बारबर्दिया नगरपालिका–८ का २७ वर्षीय सुमन चौधरीलाई इलाका प्रहरी कार्यालय जयनगर बर्दियाले शुक्रबार पक्राउ गरेको हो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);