पुम्दिकाेट महादेव परिसरकाे दर्शन र अवलाेकनमा राेक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पुम्दिकाेट महादेव परिसरकाे दर्शन र अवलाेकनमा राेक

कास्की । पाेखराकाे पुम्दिकाेटमा रहेकाे विशाल महादेवको मन्दिरमा भक्तजन बढेसँगै दर्शनमा रोक लगाइएको छ । महानगरकाे वडा कार्यालयले अर्काे सूचना नभएसम्मका लागि महादेव परिसरकाे दर्शन र अवलाेकनमा राेक लगाएकाे जानकारी गराएकाे छ ।

पोखरा महानगरपालिका वडा नं २२ काे वडा कार्यालयले अर्काे सूचना नआएसम्मका लागि पुम्दीकोट विशाल महादेव परिसर दर्शन तथा अवलोकन बन्द गरिएको छ ।

वडाध्यक्ष मित्रलाल बरालले महादेवको मूर्ति दर्शनका लागि पछिल्लो समय दर्शनार्थीहरुको उपस्थिति अत्याधिक हुन गएको र कोभिड-१९को संक्रमण बढ्दै गएकोले सबैको सुरक्षाका लागि भन्दै महादेव परिसर बन्द गरिएको बताएका छन् ।

पछिल्लो समय पुम्दिकाेट महादेवकाे दर्शन गर्न र अवलोकनका साथै टिकटक बनाउनेकाे घुईचाे लाग्ने गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);