हात्ती धपाउन लगाइएको तारबारमा परेर मामा-भान्जाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

हात्ती धपाउन लगाइएको तारबारमा परेर मामा-भान्जाको मृत्यु

mama bhanja ko mrityu

झापा, १६ कात्तिक । झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर बिहान मामा र भान्जाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेका छन् ।

दुवै जना शनिबार बिहान ७ बजे स्थानीय नवज्योति सामुदायिक वनभित्रको एउटा खोल्सीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । माछा मार्न जाने क्रममा विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेर मृत्यु भएको प्रहरीको भनाइ छ ।