छठ पर्वको बेला केराको मूल्यमा दोब्बर बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

छठ पर्वको बेला केराको मूल्यमा दोब्बर बृद्धि

kera

धनुषा,  १६ कात्तिक । देशभर छठ पर्वको रौनक चलिरहेको बेला धनुषामा भने पुजाका लागि अत्यावश्क फलफुल केराको मूल्य आकासिएको उपभोक्ताहरुको गुनासो छ । स्थानीय उत्पादनमा र आयातमा कमी तथा भन्सार खर्च बढेकाले केराको मूल्य गएको बर्षभन्दा झण्डै दोब्बर भएको व्यापारीहरुको भनाई छ ।

छठ पर्वका अवसरमा जनकपुरका बजारहरुमा पुजाका लागि आवश्यक सामाग्रीहरुका साथै केरा किनबेच गर्नेहरुको भिड लागेको छ । छठ पर्वमा पुजाका लागि अनिवार्य जस्तै रहेको केराको किनबेच गर्नेहरुको निकै चहलपहल बढेको छ । अहिले जनकपुरको बजारमा केराको मूल्य गएको बर्षभन्दा दोब्बर मूल्य बृद्धि भएको छ । गत बर्ष ३ सयदेखि ३ सय ५० रुपैयाँसम्ममा खरिद गरेको प्रति घारी यो बर्ष ६ सयदेखि ८ सय रुपैयाँसम्म पुगेको स्थानीयहरु बताउँछन् ।

बजारका व्यापारीहरुले भने सीमापारीबाट नै महँगो मूल्यमा आयात गर्नुपर्ने बाध्यता भएकाले केराको मूल्य बृद्धि भएको बताएका छन् । नेपालको सुनसरीबाट केरा कम आएको, भारतको पश्चिम बंगालबाट आयात गर्नुपर्दा भन्सार कर बढी लाग्ने तथा वर्षयाममा आएको बाढीको कारण समेत उत्पादनमा कमी आएकाले मूल्य बृद्धि भएको व्यापारी पल्टु साहको भनाई छ ।

छठ पर्वकै लागि जनकपुरधाम लगायत धनुषाको अन्य मन्डीमा १ सय ५० ट्रक केराको माग रहेकामा सो परिमाणमा केरा आएको भएपनि ७५ ट्रक भन्सारमा नै कुहिएकाले केराको मूल्य महगिंएको जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघका पूर्व महासचिव तथा फलफुल व्यवसायी भुवनेश्वर पुर्वेले जानकारी दिनुभयो ।

धनुषा जिल्लामा छठ पर्वको लागि चम्पा केरा, मिर्चमान र गोपाल केरा आउने गर्दछ । तर यस पटक गएको वर्ष भन्दा करिब ५० प्रतिशतले केराको आयातमा कमी आएपछि केराको मूल्यमा वृद्धि भएको व्यवसायीहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);