ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

motercycle durghatana

बारा । बारा माहागढीमाई ट्रकले मोटरसाईकललाई पछाडिबाट ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

हिजो राति जिल्ला बारा माहागढीमाई न.पा.२ स्थित भुतही पुल नजिकै बरियारपुरबाट कलैया तर्फ आउदै गरेको प्र.२-०३-००१ ख.०७१५ नं.को ट्रकले सोही दिशा तर्फ आउदै गरेको स.५ प.९५३७ नं.को मोटरसाईकललाई पछाडिबाट ठक्कर दिदा मोटरसाईकल चालकको घटना स्थलमा मै मृत्यु भएको हाे । 

मृत्यु हुनेमा जिल्ला पर्सा साविक लखनपुर ९ हाल सखुहवा प्रसौनी गाँउपालिकस ६ घर भएका बागमती प्रदेश स.प्र.गण मुका रातोमाटे हेटौडा दरबन्दी भई ई.प्र.का.सन्तपुर रौतहटमा कार्यरत प्र.स.नि. बर्ष ४४ को रमेश कुमार राउतको रहेका छन्। 

घटना स्थलमै मृत्यु भएको मृतकको लास मुचुल्का पश्चात पोष्टमार्टमको लागि जिल्ला अस्पताल कलैयामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराको प्रबक्ता डिएसपी गौतम मिश्राले जानकारी दिनुभएको छ। 

मोटरसाइकल , ट्रक र ट्रक चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जानकारी दिदै प्रहरी प्रबक्ता मिश्रले थप अनुसन्धान भइरहेको बताएका छन्। 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);