पाँचथरमा भिषण आगलागी, एकै परिवारको २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पाँचथरमा भिषण आगलागी, एकै परिवारको २ जनाको मृत्यु

fire

काठमाडौं । पाँचथरको फिदिममा एक स्थानियको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका–८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा मेघबहादुरसहित केही घाइते भएका हुन् ।

आगलागीमा परि उनकी २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आशा थेबेको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइते भएका मेघबहादुर र उनका छोरा बिजेन्द्र गुरुङको अवस्था सामान्य रहेको छ ।

उक्त घरमा परिवारका ७ जना सुतेका थिए । ति मध्ये ३ जना भागेर बाँचे भने २ जना घाइते भए र २ जनाको ज्यान गएको हो । आगलागीबाट पूर्णरुपमा घर क्षति भएको छ ।

रातको साढे १ बजेदेखि लागेको आगो तमाखेबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो । आगलागीबाट क्षति कति भयो त्यसबारे अझै एकिन हुन सकेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);